नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकण्टिनेन्टलले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२३ मा एसएक्स भेरियन्टको एसयूभी हुन्डाई एक्सटर सार्वजनिक गरेकाे छ ।
अब चाँडै नै अरु भेरियन्टसहित बिक्री वितरण सुरु गर्ने जनाएको छ।
हुन्डाई एक्सटर ५ सिटर कम्प्याक्ट एसयूभी हो, जुन कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी रहनेछ। कम्पनीले E, S,SX,SX(O) गरी चार भेरियन्टमा हुन्डाई एक्सटर ल्याउने छ।
हुन्डाई एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।
यसमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाएको छ । बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा आकर्षक DRLs दिइएको छ ।
१८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउने छ ।































प्रतिक्रिया