टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा उपलब्ध, यस्ताे छ फिचर र मूल्य

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा उपलब्ध, यस्ताे छ फिचर र मूल्य

केन्द्रबिन्दु
0
Shares

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर– टिभिएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ । 

टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ ।

लन्चकाे अवसरमा बोल्दै टिभिएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले भने, “टिभिएस मोटर्सले सँधै नयाँ प्रविधिहरू अपनाउन अगाडि रहँदै आएको छ । हामीले यसै गरि अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्कहरू खडा गर्दै आएका छौँ । टिभिएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ र नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओईएम भएकोमा हामी गर्व गर्दछौं । टिभिएस नेपालको अग्रणी कम्पनि हो । हामीले हाम्रो पोर्टफोलियोमा ईभिहरु थपेर नेपालमा हाम्रो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेका छौं। हामी विश्वस्त छौं कि जगदम्बा मोटर्स प्रालिले टिभिएस आईक्युबका ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछ ।”

टिभिएस मोटर कम्पनीको इलेक्ट्रिक भेहिकलका सिनियर भाईस प्रेसिडेन्ट मनु सक्सेनाले भने, “नेपालमा टिभिएस आईक्युब लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौं । विभिन्न स्कुटर ग्राहकहरूसँगको हाम्रो विगतको अन्तरक्रियाको क्रममा टिभिएस जस्ता विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटरको आवश्यकतालाई हाइलाइट गरिएको थियो र हामी अहिले त्यो आवश्यकता पूरा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । टिभिएस आईक्युबमा क्लास–लिडिङ्ग डिस्प्ले र युजर इन्टरफेसको साथ प्रदर्शन र प्राविधिक सुविधाहरूको सही मिश्रण छ ।”

“टिभिएस मोटर्सको नयाँ विद्युतीय स्कुटर  टिभिएस आईक्युब नेपाली बजारमा लन्च गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । टिभिएस आईक्युबको लन्चले नेपाली इ–स्कुटरको  क्षेत्रमा महत्वपूर्ण योगदान भएको छ । यसले हाम्रा ग्राहकहरूलाई उच्च–स्तरीय मोबिलिटिका समाधानहरू प्रदान गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रदर्शन गर्दछ ।” जगदम्बा ग्रुपका चेयरम्यान शाहिल अग्रवालले भने, “हाम्रो नेपालभर रहेका वितरकहरू र इन–स्टोर सेल्स अनुभवका साथ नेपालभर टिभिएस आईक्युबको उपलब्धता सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं । टिभिएसको जुन पहिला देखिको रेन्ज छ त्यसैलाइ आईक्युबले पनि निरन्तरता दिनेछ र भविष्यको लागि नयाँ बेन्चमार्क सिर्जना गर्नेछ ।” 

नेपालमा अटोमोटिभ क्षेत्रमा ईभि प्रविधिको बढ्दो प्रयोग भइरहेको छ र टिभिएस आईक्युबले ग्राहकहरूलाई एक विश्वसनीय ब्रान्डबाट ईभि लिने विकल्प दिएको उनको भनाइ छ ।

टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ । ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् । सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्टर्याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ । ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ । 

साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ ।

शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७८ कि.मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० कि.मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । टिभिएस आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् । यो एक इन्टेलिजेन्ट इन–हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ जसले सिंगल चार्जमा  १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ। ४.५ घन्टामा ०–८०% सम्म चार्जिङ टाइम रहेको टिभिएस आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ । 

साथै कुनै पनि ५ यम्पीयर  घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको  ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुनेछ। पावर र ईको मोडले राइडरलाई  रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । रियरमा हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ ।

टिभिएस आईक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधाहरूका साथ भरिपूर्ण छ । टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधाहरू, क्र्यास/फल अलर्ट जस्तै सुविधाहरू आएका छन् । कुनै पनि स्मार्ट फोनलाई टिभिएस आईक्युब  एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरू जाँच गर्नुको साथै  म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ । एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ । प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टहरुले सवारी साधनको अवस्थाको बारेमा जानकारी दिन्छ । 

यस स्कुटरले आगमन कल र एसएमएस अलर्ट मात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरू समेत प्रदान गर्दछ । 

प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १,००० ग्राहकहरूका लागि रु.४,२९,९०० को आकर्षक मूल्यमा उपलब्ध छ ।

Skip This
Skip This
Logo