नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दशैं र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभसाईत दशैं तिहार घर भित्रिन्छन् नगद र उपहार’सार्वजनिक गरेको छ । यो अभियानले एलजी को कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्रदान सकिनेछ ।
यस योजना अन्तर्गत एलजीको लागि नेपालको आधिकारिक वितरक सि.जी. इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशत सम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले एल.जी का सबै उत्पादनहरूमा विशेष मूल्यमा बिना लागत ईएमआई प्राप्त गर्न सक्छन् र एक्सचेन्ज अफरको मजा लिन पनि सक्छन्। त्यसैगरी, ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन्।
यस योजनाअन्तर्गत ग्राहकले के-के पाउन सक्छन् ?
– एल.जी.साइड बाई साइड र फ्रेन्च ढोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन/एयर फ्राइर
– एल.जी. डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो,
– एल.जी. डबल डोर फ्रिज को खरीदमा फ्यान र कुलर र उपहार बक्स,
– सिंगल डोर फ्रिजमा क्यासब्याक,
– माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट,
– एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० किलो र माथि) को खरिदमा इन्डक्सन कुकर
– ९ किलोसम्मको एलजी वाशर र वाशर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर,
– टप लोड ट्विन टबको खरिदमा ४ लि एरियल म्याटिक लिक्कइड
– एल.जी. डिशवाशरको खरीदमा डिशवाशर किट
– एल.जी. भ्याकुम क्लिनरको खरिदमा चपर
– एल.जी. एयर प्युरिफायरको खरिदमा एयर फ्राइर
साथै यस अवधिभित्र एलजीको टिभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेण्टी समेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ । नयाँ वर्षको अफरले एल.जी. स्प्लिट रेसिडेन्सियल/फ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्राप्त गर्न सक्नेछन् ।
यो अभियान नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।































प्रतिक्रिया