नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विद फादर: सेयर द ज्वे’ नामक अफर सार्वजनिक गरेको छ।
भदौ २६ देखि २८ गतेसम्म चल्ने यो अफरमा सेवाग्राहीले ‘आइएमई पे’ को फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ
सो कमेन्टहरूमध्ये सबैभन्दा उत्कृट (रोमाञ्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिनेछ। विजेतालाई हुमन फिटको ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।





























प्रतिक्रिया