नेकपा एकीकृत समाजवादीले केन्द्रीय आयोग र विभागमा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ ।
गत भदौ ५–७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी बाँडफाँट गरेको हो । विभागीय कार्यको जिम्मेवारीमा सम्मानित नेता झलनाथ खनालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । संगठन विभाग प्रमुखमा डा.बेदुरम भूसाल र संघीय संसदीय विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र प्रसाद पाण्डेलाई दिइएको छ ।
।
एसले संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटिका सदस्यलाई इन्चार्ज बनाउने गरी कार्यविभाजन गरेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको नेतृत्व गर्ने र महासचिव घनश्याम भूसालले सांगठनिक कार्यको अनुगमन गर्ने गरि नेकपा एसले पार्टीका नेता तथा सदस्यहरुको कार्यविभाजन गरेको हो ।
यस्तै, बैठकले केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय परिषद् सदस्य र केन्द्रीय विभागहरूको सदस्यमा मनोनीत गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानीमा जिम्मेवारी बाँडफाँट गरिएका पदाधिकारी तथा सदस्यहरूको विवरण निम्न रहेको छ-
.jpg)
.jpg)





























प्रतिक्रिया