काठमाडौँको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

काठमाडौँको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता,प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए। घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ।

हत्या हुनेमा सुरक्षा गार्ड कुमार पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ।

अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ। विस्तृत विवरण आउन बाँकी छ।

Logo