नेसपाका अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदै

नेसपाका अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत जाँदैछन्। नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई भारत जान लागेका हुन्।

भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपाल-भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने उनको सचिवालयले जानकारी दिएको छ। उनको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चण्डीगढमा केन्द्रित हुनेछ । उनी असोज ५ गते स्वदेश फर्कनेछन्।

Logo