सरकार र राजनीतिक दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्छः प्रकाशमान सिंह

सरकार र राजनीतिक दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्छः प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको अधिकार सुनिश्चितताको लागि काम गर्नुपर्ने बताएका छन्। 

मंगलबार गणेशमान सिंहको २६औँ स्मृति दिवसको अवसरमा उनले सरकारले र दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्ने बताएका हुन्।

‘जनताको अधिकार सुनिश्चित हुनुपर्छ। र जनताको दैनिकी जीवन सहज हुनुपर्छ। जिविकोपार्जनको लागि सहज हुनुपर्यो यो सरकारले र दलहरुले यस्ता कार्यमा जोड दिनुपर्छ।’ गणेशमान सिंहले जस्तै सुशासनको बारेमा र जनतालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रमहरू अगाडि लानु पर्ने उनको भनाई छ। 

उनले विधिको शासन हुनुपर्छ भन्ने कुरालाई गणेशमान सिंहले निकै नै जोड दिएको उल्लेख गरेका छन्।अवसर नपाएका वर्गलाई समावेश गरेर अगाडि लानुपर्ने उनको भनाई छ । 

Skip This
Skip This
Logo