‘४ कक्षामा पढ्ने छोरीलाई पढाईको तनाव, मलाई ४ वर्ष पछि हुने निर्वाचनको’ -गगन थापा [भिडियाे]

‘४ कक्षामा पढ्ने छोरीलाई पढाईको तनाव, मलाई ४ वर्ष पछि हुने निर्वाचनको’ -गगन थापा [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जिन्दगीको सबैभन्दा ठूलो कुरा खुसी कसरी हुने भन्ने रहेको बताएका छन् । 

काठमाडौंको सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेसनल कलेजले मंगलबार राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको “ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८०” लाई सम्बोधन गर्दै महामन्त्री थापाले जिन्दगीको सबैभन्दा ठूलो कुरा खुसी कसरी हुने भन्ने हो, तर सफलताको पनि भोक राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएका हुन् । 

साथै उनले कलेजका विद्यार्थीहरुलाई “ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८०” बाट सम्मानित व्यक्तित्वहरुको उदाहरण दिँदै निरन्तरको मिहेनत र इमान्दारिताले व्यक्तिलाई सफल बनाउने बताए । उनले भने, “निरन्तर इमान्दारीतापूवर्क कर्म गर्नुपर्छ, कर्मको फल एकपटकमा या पटक–पटकमा पाइएन भने अर्काै पटक बाँकी छ, सानातिना पराजयहरुलाई पनि सहजै स्वीकार्न जान्नुपर्छ  यति भए जीन्दगी चल्छ।”

त्यस्तै, महामन्त्री थापाले सबैको जीवनमा साना/ठूला तनाव भैराख्ने बताए । अभिव्यक्तिको क्रममा आफू र छोरीको उदाहरण दिँदै उनले भने- “मेरो चार कक्षामा पढ्ने छोरी छ, उसलाई स्कुल जानुभन्दा अगाडि म्याथ, साइन्सको एक्जामको तनाव छ, तनाव बच्चाबच्चिमा पनि छ, म लगातार चुनाव जितेको मान्छे, कसैले चार वर्षपछिको चुनाव के होला भनेर सोध्नुभयो भने म अहिले चार वर्षपछिको चुनाव सम्झेर तनावमा हुन्छु ।”

कलेजले विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरुलाई अभिनन्दन गर्नुको साथै कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा कक्षा १२ मा पास भएका विद्यार्थीहरु बिदाई पनि गरेको थियो ।  

कलेजले पहिलोपटक आयोजना गरेको अभिनन्दन कार्यक्रममा वरिष्ठ शिक्षाविद् विद्यानाथ कोइराला, वरिष्ठ पत्रकार टिकाराम यात्री, गरिमा विकास बैंकका सिइओ गोविन्दप्रसाद ढकाल अभिनन्दित भएका छन् ।

भिडियाेका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Logo