ग्रेस इन्टरनेसनल एजुकेशन एण्ड माइग्रेसनकाे ‘ग्रेस इन्टरनेसनल एडुफेयर २०२३’ सम्पन्न

ग्रेस इन्टरनेसनल एजुकेशन एण्ड माइग्रेसनकाे ‘ग्रेस इन्टरनेसनल एडुफेयर २०२३’ सम्पन्न

केन्द्रबिन्दु
0
Shares

ग्रेस इन्टरनेसनल एजुकेशन एण्ड माइग्रेसनले संचालन गरेको ‘ग्रेस इन्टरनेसनल एडुफेयर २०२३’ समापन भएको छ । सेप्टेम्बर १० देखि सुरु भएकाे मेला मंगलबार अर्थात १९ सेप्टेम्बरका दिन समापन भएको हाे । 

काठमाडौंको नयाँ बानेश्वरमा सम्पन्न भएकोे उक्त कार्यक्रममा १२ सयभन्दा बढी विद्यार्थीले अवलोकन गरेको आयोजककाे दाबी छ । मेला आयोजकका अनुसार विद्यार्थीहरुमा नेपालमा बसेर के गर्ने ? नेपालमा राम्रो अवसरहरुको कमीका कारण विदेशिने विद्यार्थीहरुको संख्या बढेको छ।  

काठमाडौंको नयाँ बानेश्वरमा सम्पन्न भएकोे उक्त कार्यक्रममा १२ सयभन्दा बढी विद्यार्थीले अवलोकन गरेको आयोजककाे दाबी छ ।

आयोजक तथा ग्रेस इन्टरनेसनल कन्सल्टेन्सी नयाँ बानेश्वर ब्रान्चकी म्यानेजर रमला भण्डारीले भनिन्- ‘विद्यार्थीहरुलाई सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट, कुराकानी र विचार आदानप्रदानका लागि सजिलो होस् भन्नका लागि यस्तो फेयर सञ्चालन गरिएको हो ।’ 

उनले प्लस–टु सकेर उच्च शिक्षा हासिल गर्न विदेशीने विद्यार्थीहरुले पढाईसंगै आफ्नो उज्जवल भविष्य विदेशी विश्वविद्यालयहरुमा नै देख्ने गरेको पनि बताइन् । नेपालको तुलनामा विदेशी शिक्षा राम्रो र शिक्षासंगै विभिन्न अवसरहरु पनि पाइने भएकोले नेपाली विद्यार्थीहरु विदेश पढ्न जान लागेको पनि उनले बताइन् ।  

क्यानडामा पछिल्लो समय पढ्न जाने विद्यार्थीहरुको संख्या बढदै गएको छ । फरक किसिमको सेवा सुविधाहरु पाउने भएकोले विद्यार्थीहरुको आर्कषण बढेको क्यानडाका काउन्सलर भुवल रेग्मीले बताए । पछिल्लो समय क्यानडामा सहज रुपमा काम पाईने, पढाईपछि राम्रो भविष्य र पिआरको प्रोसेस पनि सहज हुने भएकोले विद्यार्थीहरुको रोजाईमा क्यानडा पर्ने गरेको उनी बताउँछन्।  

यस्तै, अस्ट्रेलियाको सिड्नी र क्यानभामा रहेको क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसनका श्यामकुमार सिंह पछिल्लोसमय एकाउन्टिङ, म्यानेजमेन्ट र आईटी क्षेत्रमा पढ्न जाने विद्यार्थीहरुको संख्या निकै बढेको बताउँछन् । नेपाल, भारत, भियतनाम, फिलिपिन्स, पाकिस्तान र भुटानका विद्यार्थीहरु पठन–पाठन गर्न आउने उक्त कलेजमा आईटी एकाउन्टिङ र म्यानेजमेन्टको ब्याचलर र मास्टर दुवै विषयमा पठन–पाठन हुने गरेको उनी बताउँछन् । 

पछिल्लोसमय क्यानडामा सहज रुपमा काम पाइने, पढाईपछि राम्रो भविष्य र पिआरको प्रोसेस पनि सहज हुने भएकोले विद्यार्थीहरुको रोजाईमा क्यानडा पर्ने गरेको उनी बताउँछन्।  

यसैगरी भर्खर प्लस–टु सकेर विदेशिन लागेका विद्यार्थी निखिल राउत अस्ट्रेलिया गएर राम्रो शिक्षा प्राप्त गरी नेपालमा नै आएर केही विजनेस गर्ने बताउँछन् ।  

ग्रेस इन्टरनेसनल एजुकेशनले यस्तो प्रकारको एडुफेयर हरेक वर्ष सञ्चालन गर्दै आएको छ । 

Skip This
Skip This
Logo