जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताविरुद्ध छः केपी ओली

जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताविरुद्ध छः केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा हुन नसक्ने बताएका छन्। 

संविधान दिवसको अवसरमा बुधबार नारायणचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा फाटो ल्याउने प्रवृत्ति र क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नभएको बताएका हुन्। 

देशको उन्नति तथा जनतामा फाटो ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पुर्याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा नभएको उनको भनाइ छ। 

संविधान प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने जोड दिएका उनले देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए। 

राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न छिटपुट रूपमा प्रयास भइरहेका बताउँदै उनले त्यस्ता क्रियाकलाले राष्ट्रिय एकतालाई खलबल्याउने बताए। 

Skip This
Skip This
Logo