आज २०८०असाेज ४ गते बिहीबार। २१ सेप्टेमबर २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेमी प्रेमीकाका बिच खिन्नता बढ्नसक्छ। सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक कार्य अघि बढ्नेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ। श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। साँझपख शुभ समाचार आउन सक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ, तर वैदेशिक काम भने सफल रहनेछ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज मनमा प्रसन्नता छाउनेछ। मित्र सँग विशेष भेटघाट रहनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ। समाज र जनताको पनि साथ पाइनेछ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। अधिकार प्रयोग गर्न पाइनेछ, तर स्वास्थ्य प्रति भने सजग रहनुपर्छ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मान प्रतिष्ठामा वृद्धि होला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज तनाव बढेको महसुस हुनेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। अनावश्यक यात्रा हुनेछ। प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। पुनर्मिलनको योग पनि रहेको छ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ। मानसम्मान पनि मिल्नेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
बौद्धिकताको विकास हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।





























प्रतिक्रिया