ढुंगा प्रहार गरेर शिक्षक आन्दोलनलाई अराजक बनाएको भन्दै शिक्षकहरुले एक व्यक्तिलाई पक्राउ गरेर प्रहरीकाे जिम्मा लगाएका छन् । बिहीवार नयाँ बानेश्वर चाेकमा भएको शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनलाई बिथोलेको भन्दै शिक्षकहरुले प्रहरीको जिम्मा लगाएका हुन् ।
शिक्षकहरुले आन्दोलन बाहिरको व्यक्ति आन्दोलनमा घुसेर अराजक गतिविध गरेको पनि आरोप लगाएका छन् । प्रहरीको जिम्मा लगाएको व्यक्तिको शिक्षक आन्दोलनमा कुनै सम्बन्ध नभएको भन्दै तत्काल पहिचान गरी कारबाही गर्न शिक्षकहरुले माग पनि गरेका छन् ।
प्रहरीको जिम्मा लगाएको व्यक्तिको हालसम्म पहिचान भने खुलेको छैन ।































प्रतिक्रिया