मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय चिप्लेढुङ्गा पोखरामा

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय चिप्लेढुङ्गा पोखरामा

केन्द्रबिन्दु
0
Shares

मुक्तिनाथ क्यापिटल लिमिटेडले शाखा विस्तारको क्रममा चिप्लेढुङ्गा पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

उक्त शाखाको उद्घाटन मुक्तिनाथ विकास बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख, बाबुराम ढकाल र संस्थापक सेयरधनी नविन ढकालले संयुक्त रुपमा गरेका हुन्। समारोह मुक्तिनाथ विकास बैंकका चिप्लेढुङ्गा शाखा प्रमुख रामचन्द्र रानाभाटले संचालन गरेका थिए।

यस समारोहमा गण्डकी प्रदेश प्रमुख शंकर के.सी सहायक प्रदेश प्रमुख ऋषिराम ढकाल तथा बैंकका विभिन्न शाखा प्रबन्धकहरुका साथै बैंकका अन्य कर्मचारी तथा लगाानीकर्ताहरुको उपस्थिति रहेको थियो।

क्यापिटलले मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंक गरी सम्पूर्ण शाखा कार्यालयहरुबाट करिब १ लाख ३२ हजार सेवाग्राहीहरुलाई निक्षेप सदस्य (डिम्याट खाता) सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

हाल सम्म रु. ५० करोड भन्दा बढी रकमको लगानी ब्यवस्थापन गरी आफ्नो सेवाग्राहीहरुलाई उचित प्रतिफल दिन सफल रहेकोछ । यस सँगै क्यापिटलले कुल १४ वटा विभिन्न क्षेत्रका संस्थाहरुको करीब चार लाख शेयरधनीहरुलाई शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

क्यापिटलले आफ्नो सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी निक्षेप सदस्य, शेयर रजिष्ट्रार, लगानी ब्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभुति र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सेवाहरु नारायण्चौर, नक्साल स्थित प्रधान कार्यालयबाट दिँदै आईरहेकोमा अब उपरान्त ती सेवाहरु नयाँ शाखा कार्यालयबाट पनि सजिलै प्राप्त गर्न सक्नुहुनेछ।

निकट भविष्यमा साना लगानीकर्ता तथा विपन्न वर्गलाई लक्षित गरी मुक्तिनाथ विकास बैंक कोष प्रबद्र्धक रहेको सामूहिक लगानी कोष पनि नेपाली पूँजी बजारमा ल्याउँदैछ।

यसका साथै क्यापिटलले उक्त शाखाको सञ्चालनसँगै चिप्लेढुंगामा आउने ग्राहकका लागि आजीवन डिम्याट खाता तथा मेरो सेयर खाता नवीकरणमा २५ प्रतिशत छुट गरी मात्र रु.१ हजार ४९९ मा र लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा ५० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरेको छ। 

Skip This
Skip This
Logo