बाँकेको बाल सुधार गृहमा तोडफोड, १ जनाको मृत्यु

बाँकेको बाल सुधार गृहमा तोडफोड, १ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाँकेको डुडुवा गाउँपालिका-६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड भएको छ।

सुधार गृहमा राखिएका किशोर र युवाहरूको समूहले गएराति नाराबाजी गर्दै तोडफोड गरेकाे हाे। उनीहरूले प्रहरीलाई गाली गलोज गर्दै आक्रमण गरेपछि रातभर अवस्था तनावग्रस्त थियो।  दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा १० जना  घाइते भएका छन्।

तोडफोडका क्रममा सुधार गृहको झ्यालका सबै सिसा फुटेका छन्। सुधार गृहमा पसेर बल प्रयोग गर्न नपाउने कानुनी प्रावधानका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ। कानुनी विवादमा परेर सुधार गृहमा राखिएकाहरूले आक्रोश स्वरूप होहल्ला गर्दै तोडफोडमा उत्रिएको प्रहरीको भनाई छ। 

Logo