शिक्षा विधेयकमा धेरै त्रुटि छन्, संसदबाट सच्याउँछौँः गगन थापा

शिक्षा विधेयकमा धेरै त्रुटि छन्, संसदबाट सच्याउँछौँः गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटि रहेकाले संसदबाट सच्चाउने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँको नदी माध्यामिक विद्यालयमा कम्प्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्ताव मात्रै भएकाले यसमा रहेका धेरै त्रुटिहरूलाई संसदबाट सच्चाउने प्रतिबद्धता जनाएका हुन्।

उनले संसद्लाई विश्वास गरेर शिक्षकहरूले आफ्नो आन्दोलन स्थगित गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिबद्धता गर्नुपर्ने जिकिर गरे। थापाले शिक्षकहरूको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए।

उनले अहिलेको विधेयक कम्तीमा पनि २० वर्षका लागि हुने भएकाले हतार नगरी संशोधनका आधारमा अन्तिम टुङ्गो लगाउनुपर्ने धारणा राखे। थापाले अहिलेको अवस्थामा देशभरका विद्यालयमा विद्यार्थीहरूलाई सिकाइको अवस्था परिवर्तन गर्नुपर्ने जिकिर गरे। 

Skip This
Skip This
Logo