२०८० असोज ६ देखि असोज १३ गतेसम्म ।
ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन् । वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ । हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामिले प्रधान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुने छ । हामीले दिएको उपाय गर्नुभो भने यो साता तपाईंकोलागि एकदम राम्रो बित्ने छ ।
प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
मेष राशि
यो साता भाग्य बलवान् देखिने छ, उन्नति हुनेछ । तपाईंका सबै कार्यमा सफलता मिल्नेछ । साताको सुरुमा राम्रो रहनेछ तर शुक्रबार शनिबार ध्यान दिनुहोला । यो साता तपाईंको स्वास्थ्य राम्रो रहने छ । ब्यापारसम्बन्धि कुराहरुले समस्या आउन सक्छ, ध्यान दिएर ब्यापारीक कार्यहरु गर्नुहोला । पुराना रोकिएको कामहरु बन्ने योग छ । घरपरिवारसँग बाहिर घुम्न जाने योग छ, यसले खर्च बढाउने छ । धार्मिक यात्रा गर्न मन हुने छ । साता एकदम राम्रो भएकोले सत्कर्म गर्नु होला । अनावश्यक काममा समय खेर नफाल्नु होला । मात्र आफ्नो काम र घरपरिवारलाई समय दिनुस् यो महिना नै राम्रो बित्ने छ ।
उपाय – नजिकैको मन्दिर दर्शन गर्नुस् र अपाङ्गहरुलाई दान गर्नुस् ।
बृष राशि
यो साता आइतबार र सोमबार अलिक खराब हुनसक्छ, मन स्थिर राख्नु होला। त्यसपछि राम्रो समय आउने छ । जागिरमा परिवर्तनको सम्भावना छ । साताको अन्त्यमा आम्दानी हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोला । साताको शुरूवात स्वास्थ्यमा समस्या आउनसक्छ । घरपरिवारमा कुनै दु:खद घटनाको खबरले मन बिचलित बनाउन सक्छ ।
काममा भागदौड बढि देखिने छ । त्यसले तपाईंलाई आराम गर्ने समय पाउनुहुन्न, परिश्रम गरे अनुसार फल नपाउँदा मन दुखि रहनेछ । घरपरिवारमा सम्बन्ध राम्रो बनाउनु होला तपाईंले सबै कुरा मिलाउनु पर्ने हुनेछ ।
उपाय- अपांगहरु तथा आँखाको रोगीहरुलाई सहयोग गर्नुस् ।
मिथुन राशि
यो साता तपाईंको आम्दानी राम्रो रहनेछ । हतारमा निर्णय नगर्नु होला । सोमबार र मंगलबार अलिक खराे समय छ ध्यानदिनु होला । विशेषगरी दुश्मनहरुले दुःख दिन सक्छन्, कार्यक्षेत्रमा समस्या आउन सक्छ । अविवाहित हुनुहुन्छ भने विवाहको प्रस्ताव आउन सक्छ । यो साता अत्यधिक खर्च हुनेछ खर्चमा नियन्त्रण गर्नुस् । मिहिनेत गरेअनुसार राम्रो आम्दानि हुने छ मेहनत गर्न नछोड्नुस् ।
उपाय- ठूलाहरूको सेवा र आदर गर्नुहोस्। लक्ष्मी चालिसाको पाठ गर्नुस ।
कर्कट राशि
यो साता मन प्रसन्न रहनेछ धेरै काम हरु बन्ने छ । बुधबार र बिहीवार नराम्रो समय छ ध्यानदिनु होला ।रोकिएको कामहरु बन्ने छ । तपाईंले यो साता विशेषगरी पार्टीहरुमा मापसे नगर्नुहोला । वादविवाद हुनसक्छ, खर्चमा नियन्त्रण गर्नुस् जीवनसाथी तथा घरपरिवारलाइ समय दिनु राम्रो मानिने छ । अरुको विवादमा नपर्नु होला । तपाईंको नाम बदनाम हुन सक्छ । विशेषगरी सवारी साधन कुदाउँदा ध्यान दिनु होला । सावधानीपूर्वक यात्रा गर्नुस् । रिस कन्ट्रोल गर्नुस्, सानो सानो कुरालाई इस्यु नबनाउनुस् । घरपरिवारमा पनि चोटपटकको सम्भावना छ तर राम्रो भाग्यको कारणले ठुलो घटना हुनबाट बच्न सकिन्छ ।
उपाय – मन्दिरको दर्शन गर्नुस्, ॐ नम शिबायको निरन्तर मन्त्र जप गर्नुस् ।
सिंह राशि
यो साता तपाईका लागि राम्राे समय रहनेछ। दिमाग फ्रेश रहने छ, प्रेम सम्बन्ध राम्रो रहने छ । प्रेम सबन्धलाई विवाहमा परिणत गर्न यो साता राम्रो रहने छ । साताको अन्त्यमा सचेत हुन जरुरी छ । पाट्नरसिपमा ब्यबसाय गर्न यो साता बेफाइदा हुने छ । अहिले शुरु गरेको ब्यबसायले भविष्यमा घाटा हुनसक्छ । सन्तान प्राप्तिको योग छ । स्वास्थ्य अलिक खराब रहन सक्छ, खानपिनमा ध्यान दिनुहोला । पुरानो पैसाको कारोबारले केहि समस्या आउनसक्छ, त्यसलाई मिलाएर लैजानुहोला कोहीसँग उधारो चलाउनु भाको छ उसलाई नरम व्यबहारमा आफ्नो स्थितिको बारेमा बताउनु होला ।
उपाय: गणेशजीको नित्य पुजा गर्नुस्, गणेश मन्त्रको जप नियमित गर्नुस् ।
कन्या राशि
यो साता आइतबार र सोमबार बाहेक समय राम्रो रहने छ, आइतबर सोमबार ध्यान दिनुहोला, आत्मबल कमजोर नबनाउनुस ब्यपारमा यो दुईदिन समस्या आउन सक्छ तेस्पछि राम्रो हुने छ । कार्यक्षेत्रमा नया काम थपिने छ जसले तपाईंलाइ साताभर ब्यस्त बनाउने छ । व्यापारमा वृद्धि तथा फाइदा देखिने छ । कुनै नयाँ काममा पैसा लगाउन मन दुबिधामा पर्ने छ, ध्यानपूर्वक लगानि गर्नुस् । प्रेमि-प्रेमिकामा समस्या आउन सक्छ अरुको कुराले तपाईंको प्रेम जिबन खराब हुनसक्छ, एक अर्कामा स्पष्ट कुरा राख्नुहोला । ब्यापारीहरुले अलिक सजग रहनुहोला । दुश्मनहरुले ब्यापारीक घाटा पुराउने सम्भावना छ, त्यसमा पनि पुराना आफ्नै साझेदारीबाट ।
उपाय- बिहान सूर्यलाई जल चढाउनुस्, गरिबहरुलाई भोजन दान गर्नुस् ।
तुला राशि
यो साता तपाईंको राम्रो बित्ने छ तर सवारीसाधान कुदाउदा ध्यान दिनु होला , चोटपटक लाग्ने सम्भावना छ । तपाईंको मन नियन्त्रण गर्नुहोला धेरै एउटैकुरामा नसोच्नुहोला । अफिसमा विवादबाट बच्नुहोला । नयाँ लगानि नगर्नु होला । लोभको कारणले हतारमा कुनै चिजमा यो साता लगानि नगर्नुस् । सेयर बजारमा पनि तपाईंको यो साता राम्रो हुने छ । कामको चाप बढ्ने छ, जसकाे कारणले सुखमा कमि हुने छ, घरपरिवारमा समय दिन पाउनु हुने छैन तेस्ले घरपरिवारमा मनमुटाब बढ्न सक्छ ध्यान दिनुहोला । कामको चापले निन्द्रामा समस्या पर्नसक्छ स्वास्थ्यको ख्याल राख्नुस् ।
उपायः हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।
वृश्चिक राशि
यो साताको मध्यम रहने छ । धन प्राप्तिको योग रहने छ , फसेको पैसाहरु उठ्ने संभावना छ । रिस कन्ट्रोल गर्नुहोला, आमा बुवाको सम्मान गर्नुस घरपरिवारको बारेमा सोच्नुस् धेरै समयबाहिर नबिताउनु होला । खर्च बढि हुनेछ त्यसकाे कारणले मानसिक तनाब हुने छ । आर्थिक समस्या बढेर जाने छ, घरमा कुनै मंगल कार्य हुने छ त्यसले खर्च बढाउने छ । घर जग्गा संबधी बिबाद हुने छ छिमेकिहरु सङ सम्बन्ध राम्रो बनाउनुस् । रिसलाई नियन्त्रण गर्नुस् । यो समय रिस एकदिम बढेर जाने छ । कामहरु बन्न लागेको पनि बिग्रेर जाने छ ढिलो हुने छ । सन्तान जन्माउन लागेका महिलाहरुले स्वास्थ्यमा एकदम ध्यान दिनुहोला नियमित डाक्टरको सल्लाह लिनुहोला ।
उपाय- ॐ गण गणपताय नम मन्त्रको जप गर्नु होला, बिहान हरियो घाँसमा ५ मिनेट खालि खुट्टा हिँड्नुहोला ।
धनु राशि
यो साता राम्रो रहने छ आम्दानी बढ्ने छ । मानसिक चिन्ताले सताउन सक्छ, घरपरिवारमा सम्बन्ध बिग्रन सक्छ । प्रेमि-प्रेमिकाहरुमा समस्या आउनसक्छ ध्यानपूर्वक सम्बन्ध राख्नु होला । महिलाहरुको इज्जत गर्नुस् नभए बात लाग्नसक्छ । आम्दानी राम्रो हुनेछ र पहिलाको रोकिएको काम बन्नेछ । मन दुविधामा रहने छ जस्ले तपाईंलाई साताभर चिन्तित बनाउने छ । श्रीमती-श्रीमानको मात्र साथ पाउनु हुनेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने सोचेर बिचार गरेर मात्र गर्नुस् हतारमा लगानी नगर्नुस् । साताको अन्त्यमा रोकिएको काम बन्ने छ । नयाँ मित्रहरुको साथ मिल्ने छ ।सोसियल लाइफ राम्रो रहने छ ब्यर्थको चिन्ता नलिनु होला ।।
उपाय- दिनमा १० मिनेट ध्यान गर्नुहोला । गायत्री मन्त्रको नियमित जप गर्नुस् मानसिक तनाव कम हुनेछ ।
मकर राशि
यो साता आइतबार र सोमबार सावधान रहनु होला । त्यसपछि समय राम्रो छ । खर्च बढ्ने सम्भावना छ । नयाँ काममा केहि समस्या आउनसक्छ । जीवनसाथीबाट सहयोग मिल्ने छ, घरपरिवारसँगै बसेर भोजन गर्नुहोला । बाहिरी कुराले मानसिक तनाव पनि निम्त्याउन सक्छ। वैदेशिक यात्राको लागि खबर आउने छ,बिदेश यात्रा बन्नसक्छ । साथीहरुबाट बच्नुहोला साथीबाट धोका हुनसक्छ ।।चोटपटक र झगडाको योग छ । सवारीसाधन कुदाउँदा या कुनै काम गर्दा ध्यान दिनुहोला चोटपटक नहोस । कुनैपनि बिबादमा कुरा नुबुझी सल्लाह नदिनुस् तपाईंलाइ नै हानी हुन्छ । सोसियल मिडियामा गलत कमेन्ट नगर्नुस्, त्यसले तपाईंलाई समस्या ल्याउन सक्छ ।
उपाय- हनुमान चालिसा नियमित एक पाठ गर्नुस् ।
कुम्भ राशि
यो साता अलिक सावाधान रहनुस्, मंगलबारपछि मानसिक समस्याले सताउँछ, चोटपटक लाग्न सक्छ ध्यान दिनु होला । मापसे नगर्नुस् वा सेवनपछि यात्रा नगर्नुस् ।साताको अन्त्य आम्दानी बढ्ने छ । आत्मविश्वासमा वृद्धि हुने छ, कार्यालयमा विवादमा आउने कुनै निर्णय नलिनुस्, त्यसले तपाईंलाई पछिसम्म तनाब दिनेछ । श्रीमतीलाई समय दिनुहोला । घुम्न जाने मन आउँछ आफ्नो इच्छाअनुसार काम गर्न मन लाग्छ खर्च बढ्ने छ । नचाहिने चिजहरुमा पैसा खर्च नगर्नुहोला यो साता जे पनि किन्न मन लाग्छ । अनावश्यक खर्च बचाउनु भयो भने दैनिक आम्दानीको लागि राम्रो समय छ । अविवाहित हुनुहुन्छ भने विवाहको लागि प्रस्ताव आउने छ ।
उपाय- हनुमान चालिसाको नित्य पाठ गर्नुस् ।
मीन राशि
यो साता मध्यम रहने छ, सरकारी जागिरको योग छ । अनावश्यक खर्चबाट बच्नु होला । यदि तपाईं सिंगल हुनुहुन्छ भने प्रेम प्रस्ताव आउनसक्छ, प्रेम बढ्न सक्छ । ब्यापारीको लागि ब्यापार कसरी बढाउने चिन्ताले साताभर सताउने छ । मार्केटिङमा यो साता ज्यादा खर्च हुने छ ध्यानपूर्बक पैसा लाउनुहोला । गलत मान्छेको हातमा तपाईंले काम दिन सक्नु हुने छ ध्यान दिनुहोला । श्रीमती श्रीमान सङ सम्बन्ध राम्रो हुने छ पुराना मन मुटाब सकिने छ । सन्तान प्राप्तीको योग छ । राती सवारीसाधान कुदाउँदा ध्यान दिनुहोला भरसक यो साता रातिको यात्रा नगर्नु होला ।
उपाय :श्री गणेशाय नम को प्रतिदिन १०८ जप गर्नुस । मंगलबार बुधबार गणेश मन्दिरको दर्शन गर्नुहोला ।





























प्रतिक्रिया