हेर्नुहाेस्, याे साताको कुम्भ राशि

हेर्नुहाेस्, याे साताको कुम्भ राशि

केन्द्रबिन्दु
0
Shares

२०८० असोज ६ देखि असोज १३ गतेसम्म ।

ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन् । वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ । हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं।  साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामिले प्रधान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुने छ । हामीले दिएको उपाय गर्नुभो भने यो साता तपाईंकोलागि एकदम राम्रो बित्ने छ ।

प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

कुम्भ राशि   
यो साता अलिक सावाधान रहनुस्, मंगलबारपछि मानसिक समस्याले सताउँछ, चोटपटक लाग्न सक्छ ध्यान दिनु होला । मापसे नगर्नुस् वा सेवनपछि यात्रा नगर्नुस् ।साताको अन्त्य आम्दानी बढ्ने छ । आत्मविश्वासमा वृद्धि हुने छ, कार्यालयमा विवादमा आउने कुनै निर्णय नलिनुस्, त्यसले तपाईंलाई पछिसम्म तनाब दिनेछ । श्रीमतीलाई समय दिनुहोला । घुम्न जाने मन आउँछ आफ्नो इच्छाअनुसार काम गर्न मन लाग्छ खर्च बढ्ने छ । नचाहिने चिजहरुमा पैसा खर्च नगर्नुहोला यो साता जे पनि किन्न मन लाग्छ । अनावश्यक खर्च बचाउनु भयो भने दैनिक आम्दानीको लागि राम्रो समय छ । अविवाहित हुनुहुन्छ भने विवाहको लागि प्रस्ताव आउने छ ।

उपाय-  हनुमान चालिसाको नित्य पाठ गर्नुस् ।

Logo