तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् तुला राशिकाे साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् तुला राशिकाे साप्ताहिक राशिफल

केन्द्रबिन्दु
0
Shares

२०८० असोज ६ देखि असोज १३ गतेसम्म ।

ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। 

हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ।  साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। 

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामिले प्रधान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुने छ। हामीले दिएको उपाय गर्नुभो भने यो साता तपाईंकोलागि एकदम राम्रो बित्ने छ।

प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

तुला राशि 

यो साता तपाईंको राम्रो बित्ने छ तर सवारीसाधान कुदाउदा ध्यान दिनुहोला , चोटपटक लाग्ने सम्भावना छ। तपाईंको मन नियन्त्रण गर्नुहोला धेरै एउटैकुरामा नसोच्नुहोला। 

अफिसमा  विवादबाट बच्नुहोला। नयाँ लगानि नगर्नुहोला। लोभको कारणले हतारमा कुनै चिजमा यो साता लगानि नगर्नुस्। सेयर बजारमा पनि तपाईंको यो साता राम्रो हुनेछ। 

कामको चाप बढ्ने छ, जसकाे कारणले सुखमा कमि हुनेछ, घरपरिवारमा समय दिन पाउनु हुने छैन तेस्ले घरपरिवारमा मनमुटाब बढ्न सक्छ ध्यान दिनुहोला। कामको चापले निन्द्रामा समस्या पर्नसक्छ स्वास्थ्यको ख्याल राख्नुस्।

उपायः हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

Skip This
Skip This
Logo