२०८० असोज ६ देखि असोज १३ गतेसम्म ।
ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।
हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।
तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामिले प्रधान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुने छ। हामीले दिएको उपाय गर्नुभो भने यो साता तपाईंकोलागि एकदम राम्रो बित्ने छ।
प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
मकर राशि
यो साता आइतबार र सोमबार सावधान रहनुहोला। त्यसपछि समय राम्रो छ। खर्च बढ्ने सम्भावना छ। नयाँ काममा केहि समस्या आउनसक्छ। जीवनसाथीबाट सहयोग मिल्ने छ, घरपरिवारसँगै बसेर भोजन गर्नुहोला। बाहिरी कुराले मानसिक तनाव पनि निम्त्याउन सक्छ। वैदेशिक यात्राको लागि खबर आउने छ,विदेश यात्रा बन्नसक्छ।
साथीहरुबाट बच्नुहोला साथीबाट धोका हुनसक्छ।चोटपटक र झगडाको योग छ। सवारीसाधन कुदाउँदा या कुनै काम गर्दा ध्यान दिनुहोला चोटपटक नहोस । कुनैपनि बिबादमा कुरा नुबुझी सल्लाह नदिनुस् तपाईंलाइ नै हानी हुन्छ। सोसियल मिडियामा गलत कमेन्ट नगर्नुस्, त्यसले तपाईंलाई समस्या ल्याउन सक्छ ।
उपाय- हनुमान चालिसा नियमित एक पाठ गर्नुस् ।





























प्रतिक्रिया