रामेछापको पुष्पलाल स्मृति पार्क निर्माण कार्य कछुवा गतिमा, पार्कमा राख्न बनाइएका मुर्ति काठमाडौँमा

रामेछापको पुष्पलाल स्मृति पार्क निर्माण कार्य कछुवा गतिमा, पार्कमा राख्न बनाइएका मुर्ति काठमाडौँमा

केन्द्रबिन्दु
3
Shares

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र प्रजातान्त्रिक आन्दोलनका सहिद पुष्पलालका दाजु गंगालल श्रेष्ठको जन्मथलो रामेछापको भंगेरीमा निर्माण सुरु गरिएको पुष्पलाल स्मृति पार्कको निर्माणकार्य कछुवा गतिमा अघि बढेको छ। 

पार्क निर्माणको काम सरकारको प्राथमिकतामा नपर्दा निर्माणले गति लिन सकेको छैन। पार्कको लागि सरकारले पर्याप्त बजेट नछुट्याएको कारण निर्माणकार्य कछुवाको गतिमा छ। 

सहरी विकास मन्त्रालयले कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा पुष्पलाल पार्कको निर्माण थालेको चार वर्ष बित्यो। तर निर्माणको हिसाबले पार्कको सामान्य संरचनाको आकार समेत आएको छैन। 

सो पार्क निर्माणको सबै काम सम्पन्न हुँदा ५५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। तर सरकारले कनिका छरेको झैँ बजेट विनीयोजन गर्दा विस्तृत योजना प्रतिवेदन अनुसार संरचना निर्माणका काम अघि बढ्न सकेका छैनन्। 

पार्कको लागि ५२ रोपनि जमिन अधिग्रहण गरिएको छ। सो जग्गामा एउटा सभा हल, शौचालय र केही आवसका लागि साना भवन बन्नु बाहेक अन्य काम भएको छैन।
 
निर्माण व्यवसायी मार्फत बनाइएको ती संरचनाको संरक्षण गर्ने कुनै निकाय छैन। निर्माण व्यवसायि काम सकेर हिँडेपछि ती संरचना वेवारिसे जस्तै बनेका छन्। पार्कका शौचालय छिरिसक्नु छैनन्। पार्कमा रहेको फलफूलका विरुवाको कुनै संरक्षण छैन। 

नेपालको राजनीतिका दुई शीर्ष पुरुष बीपी कोइरालाको जन्मस्थलो सिन्धुलीको दुम्जामा बीपी स्मृति पार्क र पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भंगेरीमा पुष्पलाल स्मृति पार्क निर्माणको कार्य एकै साथ थालनि गरिएको हो। सिन्धुलीको दुम्जामा निर्माणाधीन बीपी पार्कको अवस्था पनि त्यस्तै छ। 

अन्तराष्ट्रिय स्तरको संग्रहालय सहितको पार्क निर्माणको योजना अनुसार सरकारले सो पार्क निर्माणको कार्यक्रम अघि बढाएको हो। कम्युनिष्टहरुको लागि भंगेरीलाई तिर्थस्तरलको रुपमा विकास गर्न सो पार्क निर्माणको अवधारणा अघि सारिएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल बताउँछन्। 

‘हिन्दुहरु पशुपति जान्छन्, मुसलमानहरु मक्का मदिना जान्छन्, क्रिश्चियनहरु ठूला ठूला चर्चमा जान्छन्,कम्युनिष्ट र प्रजातन्त्रवादीहरु गंगालाल र पुष्पलालको जन्मथलो भंगेरीमा आउँछन्, उनीहरुले गंगालाल र पुष्पलालको बारेमा बुझ्छन्,सम्मान प्रकट गर्छन’,ढुंगेलले भने।
  
सो पार्कमा पुष्पलालले प्रयोग गरेका समानहरु सहति संग्राहलय बनाएर राख्ने योजना छ। संग्रहालयमा गंगालाल र पुष्पलालससँग सम्बन्धित सामाग्रिहरुका साथै कम्युनिष्ट पार्टीका महत्वपूर्ण सामाग्रिहरु समेत राखिने छन्। त्यसको लागि गंगालाल र पुष्पलालले प्रयोग गरेका सामाग्रि उहाँहरुका पुस्तक, लेख रचना लगायतका सामाग्रि संकलन पनि भइरहेका छन्। 

त्यस्तै गंगालाल, पुष्पलाल सहित कम्युनिष्ट पार्टीका संस्थापकको मुर्ति समेत पार्कमा राख्ने योजना छ। सोही योजना अनुसार काठमाडौँमा मुर्ति बनिसकेको छ। तर निर्मार्णकार्य सुस्त हुँदा मुर्ति राख्ने काम हुन सकेको छैन। 

भंगेरीमा अहिले सानो ढुंगामा कुँदिएको गंगालाल र पुष्पाललको मुर्ति छ। त्यहाँ पुग्ने मानिहरु त्यही मुर्तिको छेउमा बासेर फोटा खिच्छन् र गंगालला र पुष्पलालको उपेक्षा भयो भनेर नेताहरुलाई गालि गर्दै हिँड्छन्।  

सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ दाजुभाई हुन्। उनीहरुका बुबा रामेछापको मालपोत अड्डामा हाकिम भएर जागिरको लागि रामेछाप गएको बेला भंगेरीमा डेरा लिई बसेका थिए।

गंगालाल र पुष्पलाल दुवै भंगेरीमा नै जन्मिएर हुर्किए। भंगेरी नेवाहरुको बस्ती भएकाले उनीहरुका बाबु भक्तलालले भंगेरीमा नै डेरा लिएको स्थानीय बताउँछन्। 

Logo