काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालका शक्ति लागेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । सोमबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । प्रवक्ता शर्माले प्रधानमन्त्रीले भारतले हटाउन खोज्दैछ भने नेकपाले देशलाई संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ की छैन ? भनेर प्रश्न समेत गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्–‘भारतले हटाउन खोज्दैछ, पिएम नेपालले नै भनेपछि नेकपाले देशलाई प्रष्टयाउन जरुरी छः १ प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन ? २. छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ मदन भण्डारी जन्म जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेर अपराध गरेको भन्दै हटाउने चलखेल गरेको अभिव्यक्ति दिएका थिए ।
































प्रतिक्रिया