राष्ट्रपति पौडेल आज जनकपुरधाम जाँदै

राष्ट्रपति पौडेल आज जनकपुरधाम जाँदै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम  जाँदैछन्। जानकी मन्दिर दर्शन गर्न जाने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम जान लागेका हुन् ।

यसका साथै राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ। पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरिएको छ। 

राष्ट्रपति पौडेल सोमबार जनकपुरधाम आउने कार्यक्रम तय भएपछि उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रमको तयारी थालेको छ। सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ।

Logo