कांग्रेसभित्र अराजकता हावी भयोः नेता रिजाल

कांग्रेसभित्र अराजकता हावी भयोः नेता रिजाल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले पार्टीभित्र अराजकता हावी भएको बताएका छन् । 

सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीमा जे मन लाग्छ त्यही गर्ने प्रवृत्ती हावी भएको नेता रिजालले बताएका हुन् । उनले भने, ‘नेपाली कांग्रेसमा जसलाई जे मन लाग्यो त्यही गर्ने, जहाँ जसको मन लाग्छ उसैको हुरमत लिने समस्या छ । ट्रेड युनियनमा पनि अराजकता छ ।’

व्यवसाय गर्ने क्रममा खुकुलो वातावरण बनाएनौं भने उद्योगधन्दा अगाडि बढ्न नसक्ने नेता रिजालको भनाइ छ । उनले महङ्गी नियन्त्रणका लागि सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नैपर्ने बताए ।

Logo