मुलुकको समृद्धिमा योगदान दिनेहरुलाई जीवित अवस्थामै सम्मान र सहयोग गर्छौंः मेयर महर्जन

मुलुकको समृद्धिमा योगदान दिनेहरुलाई जीवित अवस्थामै सम्मान र सहयोग गर्छौंः मेयर महर्जन

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरले मुलुकको समृद्धिका लागि राम्रो काम गर्ने व्यक्तित्वहरुको जीवित अवस्थामै सम्मान गर्ने नीति लिएको बताएका छन् । 

मंगलबार ललितपुरमा आयोजित क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको जीवनी ‘देउता बनाउने मान्छे’ शीर्षकको पुस्तक लोकार्पणमा उनले बाँचेकै अवस्थामा सम्मान र सहयोग गरेमा बाँकी जीवन सहज हुने भएकाले यस्तो नीति लिएको बताएका हुन् । 

उनले भने, ‘ललितपुर महानगरपालिकाले मुलुकको समृद्धिका लागि राम्रो काम गर्ने व्यक्तित्वहरुलाई बाँचेकै अवस्थामा सम्मान र गर्ने सहयोग नीति लिएको छ, यसले गर्दा उहाँहरुको आगामी जीवन सहज हुनेछ ।’ त्यस्ता व्यक्तित्वहरुको सम्मानका लागि कन्जुस्याइँ नगर्ने भन्दै मुलुकलाई के गर्दा टेवा पुग्छ त्यो गर्न महानगरपालिका तयार रहने प्रतिबद्धता जनाए । 

Logo