शताब्दी पुरुष डा. दासलाई सरकारले सम्मान गर्छः कावा प्रधानमन्त्री खड्का

शताब्दी पुरुष डा. दासलाई सरकारले सम्मान गर्छः कावा प्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् ।   

मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मूल परामर्श समितिसँग समन्वय गरी सम्मान गर्न मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरिने बताएका हुन् । 

उनले भने, ‘उहाँको सम्मानमा आयोजक समितिसँग परामर्श गरी राज्यको तर्फबाट दिने सम्मानको बारेमा सम्बन्धित मन्त्रालयका मन्त्रीले प्रक्रिया अगाडि बढाएको कुरा भनिसक्नुभएको छ । त्यसलाई मूल समारोह समितिसँग परामर्श गरेर मन्त्रिपरिषदको बैकबाट आवश्यक निर्णय गर्ने विश्वास दिलाउन चाहन्छु ।’
 
कार्यवाहक प्रधानमन्त्री खड्काले निजी एवं पारिवारिक स्तरभन्दा माथि उठेर डा. दासले समग्र समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिएको बताए ।

Logo