अब अनलाइन सपिङ एप दराजका प्रयोगकर्ताले अनलाइन किनमेलसँगै खेल पनि खेल्न पाउने भएका छन्।
दराज नेपालले आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्तालाई एपमा थप संलग्न गराउने उद्देश्यले ‘दराज क्यान्डी’ नामक अनलाइन खेल सार्वजनिक गरेको हाे । दराज एपका प्रयोगकर्ताले सजिलै यो खेल खेल्न सक्छन्।
यो खेलमा प्रयोगकर्ताले तीन वा त्यो भन्दा धेरै एकै रङका क्यान्डीलाई एकै ठाउँमा मिलाउनुपर्छ । यसरी मिलाएपछि मिलेका क्यान्डीहरु हराउँछन् र माथिका बाँकी क्यान्डी खाली ठाँउमा झर्छन् । यो खेलबाट प्रयोगकर्ताले जेम् प्राप्त गर्न सक्छन्। जुन उनीहरुको खेलको आधारमा हरेक दिन उनीहरुलाई प्रदान गरिन्छ।
दराज लोयल्टी कल्बका सदस्यहरुले यो जेमकाे प्रयोग गरी दराजका सामानहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।





























प्रतिक्रिया