एमालेको कर्णाली अधिवेशन आजबाटः १३५ सदस्यीय कमिटी चुनिने

एमालेको कर्णाली अधिवेशन आजबाटः १३५ सदस्यीय कमिटी चुनिने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको कर्णाली प्रदेशको अधिवेशन आजबाट सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले सुर्खेतको सिटी हलमा हुने अधिवेशनको उद्घाटन गर्ने छन्।  अधिवेशनमा ६०४ प्रतिनिधिले भाग लिनेछन्।

जसमा सुर्खेतबाट ११२, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालिकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, डोल्पाबाट ३९, मुगुबाट ३३, रुकुमपश्चिमबाट २३ गरी ५५४ प्रतिनिधि छानिएका छन्। त्यस्तै, २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहने छन्।अधिवेशनले पाँचजना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ। 

Logo