मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । मिड सोलु हाइड्रोपावर लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
उक्त शेयर रजिष्ट्रार सेवाअन्तर्गत मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयरसम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिनेछ ।
साथै कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु शुक्रबारदेखि थापाथलीको एनआईसी एशिया क्यापिटल लिमिटेडबाट हुनेछ ।





























प्रतिक्रिया