उच्च अदालत पाटनले काठमाडौंको जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले बनाएको बसपार्क नभत्काउन आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले काठमाडौं महानगरपालिकालाई उक्त बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सूचना पाएका मितिले बाटाको म्याद बाहेक १५ दिन भित्र आफैं वा कानुन बमोजिमको वारेस मार्फत लिखित जवाफ पेश गर्न समेत अदालतले महानगरलाई भनेको छ ।
विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्व अरनिको यातयात प्रालिले झण्डै १० करोड रुपैयाँको लगानीमा बसपार्क निर्माण सम्पन्न गरेपनि महानगरले अनुमति नदिँदा सञ्चालनमा आएको छैन ।





























प्रतिक्रिया