उसु खेलाडी वीरमानको निधन

उसु खेलाडी वीरमानको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
उसु तथा क्योकुशिन फुल कन्ट्याक्ट कराँतेका पूर्व च्याम्पियन वीरमान लामा (वाइबा) को निधन भएको छ । क्योकुशिन फुल कन्ट्याक्ट कराँतेमा १० पटकको राष्ट्रिय च्याम्पियन लामाको शनिबार राति निधन भएको हो ।

त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका लामाको काभ्रे बेथानचोक गाउँपालिकामा रहेको आफ्नै घरमा निधन भएको हो । आइतबार बिहान अबेरसम्म नउठेपछि परिवारका सदस्यले उठाउन खोज्दा लामा मृत फेला परेका थिए ।

लामा फुल कन्ट्याक्ट कराँते महासंघको राष्ट्रिय प्रतियोगिताका ३ पटकको राष्ट्रिय च्याम्पियन समेत हुन् । लामाले उसुबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका थिए ।

२६ वर्षीय लामा उसुबाट १८ औं संस्करणको एसियन गेम्स खेल्न इन्डोनेसिया पुगे पनि खेल्न पाएका थिएनन् । राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि एसियाली खेलकुदका लागि छनोट भएका थिए । तर, उसु संघको विवादका कारण उनले खेल्न पाएनन् । इन्डोनेसियाबाट फर्केपछि लामाले उसु खेल छोडेका थिए । यस्तै लामा मुवा थाई खेलमा समेत सक्रिय थिए ।

Logo