माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

केन्द्रबिन्दु
0
Shares

माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित भएका हुन् । 

माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपीएम) का उम्मेदवार मोहम्मद मुइज्जुले शनिबार भएको निर्वाचनमा सोलिहलाई पराजित गरेका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट जित हासिल नगरेपछि दोस्रो चरणको मतदानमा उनले जित हात पारे । 

लोकतन्त्र सुदृढ भइनसकेको हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्सले चीनसँगको नयाँ र भारतसँगको परम्परागत सम्बन्धलाई अब कसरी अघि बढाउँछ भन्नेमा धेरैको चासो बढेको छ । राजनीतिक विश्लेषकहरूले  नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको कूटनीतिक परीक्षण हुने बताएका छन् । 

नेता मुइज्जु चिनियाँ ऋण स्वागत गर्ने र यसअघि सत्तामा हुँदा असहमतमाथि दमन गर्ने व्यक्तिका रुपमा परिचित छन् । 

Skip This
Skip This
Logo