विश्व लगानीकर्ता सप्ताह, २०२३ तथा चाँडपर्वको अवसरमा एनआईसी एशिया क्यापिटलले निःशूल्क डिम्याट तथा मेरो शेयर खाता सुविधा सहित पहिलो वर्षको डिम्याट खाता नविकरण शूल्कमा छुट दिएकाे छ।
नेपाल सम्वत् ११४४ तथा छट पर्वको अवसरमा एनआईसी एशिया क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता”अभियानलाई अझ प्रभावकारी रुपमा देशव्यापी संचालन गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटल लिमिटेडले मंसिर १५ गतेसम्म निःशूल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शूल्कमा छुट दिएकाे हाे।
हाल एनआईसी एशिया क्यापिटलको निक्षेप सदस्य सेवाअन्तर्गत संचालनमा रहेका विशेष अफर तथा योजनाहरु एक नेपाली, एक डिम्याट खाता योजना अन्तर्गत एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न सेभिङ्ग खाताहरु खोल्दा निःशूल्क रुपमा डिम्याट खाता खोल्न सकिने भएकाे छ।
यस्तै एनआईसी एशिया विद्यार्थी डिम्याट योजनामा विद्यार्थीहरुलाई निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोलिदिने तथा पहिलो वर्षको डिम्याट नविकरण शुल्क छुट हुने छ।
एनआईसी एशिया भिन्न रूपमा सक्षम डिम्याट योजनामा शारीरिक तथा मानसिक कमि कमजोरी भई असक्त भएका ‘क’ तथा ‘ख’ वर्गका असक्त व्यक्तिहरुलाई निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा रहेको।
साथै एनआईसी एशिया अनलाइन डिम्याट सेवामा क्यापिटलको वेभसाईटमा गई अनलाइन मार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने तथा रितपूर्वक विवरण भरेको एक घण्टा भित्र डिम्याट खाता उपलब्ध गराइने भएकाे छ।
९ सय ९९ वैदेशिक रोजगार डिम्याट योजना अन्तर्गत वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा रहेका नेपालीहरुले रु.९ सय ९९ भुक्तानी गरी आजिवन डिम्याट खाता संचालन गर्न सक्नेछन्।
९ सय ९९ जीवन भरि डिम्याट खाता योजनामा एकमुष्ठ ९ सय ९९ रूपैयाँमा भुक्तानी गर्दा डिम्याट खाता आजिवन नविकरण हुने हुँदा वार्षिक रुपमा नविकरण गर्ने झन्झट तथा शेयर बिक्री गर्दा क्लोजआउट पर्ने सम्भावना नरहने जनाएकाे छ।
माथि उल्लेखित योजनाहरु २०८१ साल आसार मसान्तसम्म संचालनमा रहने छन्। साथै यस क्यापिटल तथा एनआईसी एशिया बैंकको शाखा कार्यालयहरुबाट डिम्याट र मेरो शेयर खाता तथा क्यापिटलबाट उपलब्ध उल्लेखित योजनाहरुको सम्बन्धमा थप जानकारी समेत लिन सकिनेछ। साथै क्यापिटलको मोवाईल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा सम्पर्क गर्न सकिने एनआईसी एशिया क्यापिटलले जनाएकाे छ।































प्रतिक्रिया