पछि हट्यो निगम, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

पछि हट्यो निगम, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगम पेट्रोलियम पदार्थकाे मूल्य बढाउने निर्णयबाट पछि हटेको छ । प्रधानमन्त्रीको निर्देशनपछि निगमले बढाएको मूल्य आज मध्यराति १२ बजेदेखि लागू हुने गरी फिर्ता लिएको हो । 

गएराति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनबमोजिम मूल्यवृद्धि फिर्ता लिएको हो । निगमले प्रधानमन्त्रीको निर्देशनपछि आइतबार राति १२ बजेदेखि लागू हुने गरी लागू गरेको मूल्य वृद्धिको निर्णय फिर्ता निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

‘स्वचालित मूल्य प्रणाली यथावत हुने गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा  नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि गर्ने निणर्य आजै राती १२ः०० बजेबाट लागू हुनेगरी फिर्ता गरिएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

निगमले शनिबार पेट्रोल र  डिजलमा प्रतिलिटर रु छ, मट्टितेलमा प्रतिलिटर रु दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो । 

Logo