सेन्साईको दसैं-तिहार योजना बजारमा सार्वजनिक

सेन्साईको दसैं-तिहार योजना बजारमा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दसैँ तिहारलाई लक्षित गर्दै "यो दसैँ-तिहार, हरेक दिन टिभी उपहार" नामक योजना सार्वजनिक गरेको छ । 

ग्राहकहरुले यो योजनाको लाभ नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन् । यो योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिद पश्चात लक्की ड्र मार्फत ४० दिन सम्म ४० भाग्यशाली ग्राहकहरुले प्रत्येक दिन  सेन्साईको २४ इन्चको टिभी उपहार जित्न सक्नेछन्। 

सेन्साईका ग्राहकहरुले आफुलाई यो लक्की ड्रमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फोर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेण्टी कार्ड नम्बर जस्ता विवरण भर्नुपर्नेछ। 

कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ।

त्यसैगरी शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले "सिजि लोयल्टी क्लब"को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यी सुबिधाका लागि ग्राहकहरुले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।

नेपालभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

Skip This
Skip This
Logo