नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई ५० हजार जरिवाना

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई ५० हजार जरिवाना

केन्द्रबिन्दु
0
Shares

नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ। नगरपालिका क्षेत्रभित्रका खोलानदीबाट गिट्टी, ढुंगा, माटो, बालुवाको अवैध उत्खनन गर्ने र बिक्री–वितरण गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गरिने भएको हो।

नगरपालिका क्षेत्रभित्रका खोलानालाबाट नदीजन्य पदार्थको उत्खनन गरी ओसारपसार गर्ने सबै प्रकारका ढुवानीका साधनलाई जरिवाना गरिने नगरपालिकाले जनाएको छ।

“नगरपालिका क्षेत्र भएर बग्ने वनहरा, बन्द, मछेली र मोहन नदीबाट नदीजन्य पदार्थ संकलन तथा उत्खनन गर्ने कार्यका लागि तीनपटक सार्वजनिक सूचना जारी गरिएकामा तोकिएको म्यादभित्र बोलपत्र पेस भएका छैनन्,” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले भने, “त्यही भएर नदीजन्य पदार्थ उत्खनन र बिक्री-वितरणमा रोक लगाइएको छ।”

उनका अनुसार, अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री-वितरणमा रोक लगाइएको छ। तर, मछेली, वनहरालगायत नदीबाट लुकीचोरी नदीजन्य पदार्थको ओसारपसारको कार्य भइरहेको स्थानीय बासिन्दाको भनाइ छ। 

Skip This
Skip This
Logo