प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुगेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट बझाङ पुगेका प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट भत्केका संरचनाको अवलोकन गर्नुका साथै भूकम्प पीडितसंग कुराकानी गरेका छन् । उनले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नेसंगै पीडितलाई राहत पुर्याउन स्थानीय निकायलाई आवश्यक निर्देशनसमेत दिएका छन् ।
बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।
 (4).jpeg)
 (4)(1).jpeg)
(1).jpeg)
































प्रतिक्रिया