होटल म्यानेजमेन्ट र टुरिजम शिक्षामा इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजले पृथक पहिचान बनाएको छ । सन् २००४ स्थापना भएको यो कलेज काठमाडौंको ज्ञानेश्वरमा अवस्थित छ । प्रतिष्ठित साल्जर्बग युनिर्भसिटी अफ अप्लाइड साइन्स अस्ट्रियाबाट सम्बन्धन प्राप्त यो कलेजमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पिर्धी बनाउने हिसाबले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
अनुभवी शिक्षकका साथ अन्तर्राष्ट्रियस्तरको अध्यापन हुने यो कलेजमा प्लस टुदेखि स्नातकसम्म होटल म्यानेजमेन्ट र टुरिजम म्यानेजमेन्टका कोर्षहरु पढाई हुँदै आएका छन् । स्नातकमा एफएचएस डिप्लोमा एज एकेडेमिक एक्सपर्ट इन टुरिजम म्यानेजमेन्ट (बीटि टिएम) र एफएचएस डिप्लोमा एज एकेडेमिक एक्सपर्ट इन होटल म्यानेजमेन्ट (बीएचम)का कोर्षहरु अध्यापन हुँदै आएको छ ।
नेपालमा नै उत्कृष्ट विश्वविद्यालयहरु र विदेशी मान्यता प्राप्त विश्वविद्यालयहरु भएको अवस्थामा विश्वबजारको माग अनुसार युग सुहाउँदो शिक्षा दिनु नै आजको आवश्यकता भएको आईएसटीकी प्रिन्सिपल सम्झना बस्न्यात बताउँछिन् ।
अहिलेसम्म आइएसटी कलेजका ४ हजारभन्दा बढी विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरिसकेका छन् । नेपालमा नै उत्कृष्ट विश्वविद्यालयहरु र विदेशी मान्यता प्राप्त विश्वविद्यालयहरु भएको अवस्थामा विश्वबजारको माग अनुसार युग सुहाउँदो शिक्षा दिनु नै आजको आवश्यकता भएको आईएसटीकी प्रिन्सिपल सम्झना बस्न्यात बताउँछिन् ।
.png)
नेपालमा धेरै शिक्षण संस्था रहेको अवस्थामा आईएसटी होटल म्यानेजमेन्ट र टुरिजमको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापन गराउँदै आएको उनको दाबी छ । ‘नेपालमै न्यूनतम मूल्यमा विदेशी डिग्री दिँदै व्यवहारिक शिक्षण पद्दति मार्फत आईएसटीले अध्यापन गराउँदै आएको छ । विश्वबजारमा टुरिजम र होटल म्यानेजमेन्टका क्षेत्रमा, प्रतिस्पर्धी जनशक्ति उतार्न आईएसटीले कुनै कसर बाँकी राखेको छैन ।’ उनी भन्छिन् ।
आईएसटीमा युरोपको ब्याचलर डिग्री भएकाले ३ वर्षमा नै होटल म्यानेजमेन्ट र टुरिजमका कोर्षहरु पुरा हुन्छन् । उक्त वर्षमा भित्रनै इन्टर्नसिपको समेत व्यवस्था रहेकाले विद्यार्थीले सिक्ने अवसर समेत पर्याप्त प्राप्त गर्छन् । जापानलगायत विदेशका होटल र संघसंस्थासंग सहकार्य भएकाले विद्यार्थीलाई अध्ययनसंगै आम्दानीको अवसरसमेत आईएसटीले जुराइदिएको छ ।
प्लस टु अध्ययन पश्चात भविष्यलाई सही गन्तव्य सम्म पुर्याउन उपयुक्त उच्च शिक्षामध्ये हस्पिटालिटी शिक्षासमेत भएकाले आईएसटी कलेज उपयुक्त शैक्षिक संस्था समेत भन्दा फरक पर्दैन । विगत १९ वर्षदेखि होटल म्यानेजमेन्ट र टुरिजम शिक्षामा सैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यासमा समेत जोड दिँदै यो कलेजले अध्ययन अध्यापनलाई व्यवहारिक बनाएको छ ।
जापानलगायत विदेशका होटल र संघसंस्थासंग सहकार्य भएकाले विद्यार्थीलाई अध्ययनसंगै आम्दानीको अवसरसमेत आईएसटीले जुराइदिएको छ ।
हस्पिटालिटीको जुनसुकै क्षेत्र होटल बैंकहरु,सरकारी क्षेत्रहरु,पर्यटकिय क्षेत्र,एरलाइन्स र क्रुजमा समेत उत्तिकै महत्व रहेको अवस्थामा युरोपियन युनीर्भसिटीबाट मान्यता प्राप्त विद्यार्थीहरु जहाँपनि सजिलै अवसर प्राप्त गर्नेमा दुई मत छैन । आइएसटी कलेजमा विद्याथीहरुले समयको महत्व,पैसाको महत्व र अवसरको कुरापनि सिक्ने भएकाले ३ वर्षे शैक्षिक यात्रामा म्यानेजेरियल, लिडरसिप, कम्युनिकेशन र प्रयाक्टिकल स्किल सिक्ने अवसर समेत प्राप्त गर्छन् । त्यसैले त आईएसटीबाट अध्ययन पूरा गरेपछि कलेजका कुनै पनि विद्यार्थीले बेरोजगार बस्नु परेको अवस्था छैन ।
.png)
भविष्यमा करियर बनाउन समेत सहज मागनिर्देश हुने भएकाले विद्यार्थीको रोजाईमा समेत यो कलेज पर्दै आएको छ । प्रयोगात्मक अभ्याससंगै अन्तर्राष्ट्रियस्तरको व्यवहारिक शिक्षा दिने भएकाले पनि आईएसटी उत्कृष्ट हस्पिटालिटी कलेज भन्दा फरक पर्दैन । अन्तर्राष्ट्रियस्तरको होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीका लागि आइएसटी उपयुक्त कलेज भएको कलेजका विद्यार्थीहरूको अनुभव छ।
प्रयोगात्मक अभ्याससंगै अन्तर्राष्ट्रियस्तरको व्यवहारिक शिक्षा दिने भएकाले पनि आईएसटी उत्कृष्ट हस्पिटालिटी कलेज भन्दा फरक पर्दैन ।
यो कलेजमा पाठ्यक्रमसंग सम्बन्धित शैक्षिक गतविधि एवम् अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई प्रोत्साहन गराउँदै सहभागी गराइन्छ । यस्तै, विद्यार्थीको व्यक्तिगत विकासका लागि आइएसटीमा ओपन हाउस इभेन्ट, खेलकुद प्रतियोगिता, शैक्षिक भ्रमण, इन्डष्ट्रीयल भिजिट,वकर्सप,सेमिनार लगायत गतिविधि हुँदै आएका छन् । उच्चस्तरका भौतिक पूर्वाधार, होटल म्यानेजमेन्ट कलेजका लागि चाहिने सम्पूर्ण सुविधायुक्त ल्याब, लाइबेरी, स्व्चछ क्यान्टिन पर्याप्त खेलकुद मैदान लगायत यो कलेजका सुविधा हुन् ।
आइएसटीले विद्यार्थीलाई कागजी सर्टिफिकेट मात्रै नभएर जीवनोपयोगी शिक्षा र सीपसमेत प्रदान गर्दै आएको छ । टुरिजम् र होटल म्यानेजमेन्ट शिक्षामा उदाहरणीय बन्न सफल आइएसटीमा स्नातक अध्ययन गर्ने उपयुक्त शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन । आईएसटीबाट उत्पादित विद्यार्थीहरु नेपालमा मात्र नभएर विश्वका विभिन्न हस्पिटालिटी क्षेत्रमा दक्ष ठहरिँदै आएका छन् ।





























प्रतिक्रिया