तीन ब्याटरको शतकमा दक्षिण अफ्रिकाले श्रीलंकालाई दियो ४२९ रनको लक्ष्य, बनायाे रेकर्ड

तीन ब्याटरको शतकमा दक्षिण अफ्रिकाले श्रीलंकालाई दियो ४२९ रनको लक्ष्य, बनायाे रेकर्ड

केन्द्रबिन्दु
0
Shares

शीर्षक्रमका तीन ब्याटरको सानदार शतकमा दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा श्रीलंकाविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२८ रन बनाएको हो । यो विश्वकप इतिहासकै उच्च योगफल हो । दक्षिण अफ्रिकाले यसअघि अष्ट्रेलियाले अफगानिस्तानविरुद्ध बनाएको  ४ सय १७ रनको रेकर्ड तोडेको हो । 

अनुभवी ब्याटर रास्सी भान डर डुसेनले सर्वाधिक १०८ रनको शतकीय इनिङ खेले । त्यस्तै, एडेन मार्करामले सानदार १०६ रनको शतकीय इनिङ खेले । मात्रै ५४ बल खेलेका उनले १४ चौका र ३ छक्का प्रहार गरेका थिए ।

त्यसैगरी ओपनर क्विन्टन डि ककले १०० रनको शतकीय इनिङ खेले । पहिलो ओभरको चौथो बलमा कप्तान तेम्बा बाभुमालाई ८ रनमा गुमाएको दक्षिण अफ्रिकाले दोस्रो विकेट २१४ रन बनाउँदा गुमाएको थियो । विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा तीन शतक प्रहार भएका हुन् ।

साथै डेभिड मिलर ३९ रनमा नटआउट रहँदा हेनरिक क्लासेन ३२ रनमा आउट भए ।

बलिङमा दिलशान मदुशानकाले २ विकेट लिँदा मथिसा पाथिराना, कसुन रजिथा र दुनिथ वेलालागेले समान एकएक विकेट लिए । 

Logo