हुलाक सेवा विभागका महानिर्देशक प्रदिप राज अधिकारीले सरकार हुलाकलाई प्रविधियुक्त बनाउने तयारीमा रहेको बताएका छन्।
सोमबार विश्व हुलाक दिवसको अवसरमा उनले केही नियम र नियमावलीहरु जारी गरेर निजि क्षेत्रबाट हुने हुलाक सेवाको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्नुपर्ने बताएका हुन्।
उनले भने,‘कामको सन्दर्भलाई समेत जोडेर यसको संरचना विकास गर्नुपर्छ भनेर लागिरहेका छौँ। केही नियम र नियमावलीहरु जारि गरेर निजी क्षेत्रबाट हुने हुलाकको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्ने। र सरकारी हुलाक सेवालाई चुस्त,व्यवसायिक र बढि सेवा मूलक पनि बनाउने गरि तयारी गरिरहेका छौँ।’
सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट भएको र आफ्नो ठाउँ भन्दा पर अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्ने गरेको उनको भनाई छ।
उनले सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती आएको र यसलाई संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्ने बताएका छन्।































प्रतिक्रिया