‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ अफरका ९ जना विजेता घोषित

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ अफरका ९ जना विजेता घोषित

केन्द्रबिन्दु
0
Shares

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’ दसैँ कंज्यूमर प्रमोसन योजनाका ९ जना भाग्यशाली विजेताहरूले ९ वटा टीभीएस १२५ सीसी स्कूटर जितेका छन्।

सो विजेताहरूलाई असोज २ देखि असोज १५ सम्मको प्रवर्द्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट छनोट गरिएको हो। हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङले आफ्ना ग्राहकहरूले सामसङप्रति देखाएको माया र उत्साहलाई प्रशंसा गर्दै यो दसैँ कंज्यूमर प्रमोसन योजना प्रारम्भ गरिएको जनाएको छ।  

कम्पनीका अनुसार अहिलेसम्म ९ जना विजेताहरूले ९ वटा टिभीएस १२५ सीसी स्कूटर घर लगि आफ्नो जीवनमा आनन्द र उत्साह ल्याएका छन्।

हालसम्म असोज ५ र असोज ७ का दुई विजेताले आफ्नो स्कूटर दाबी गरिसकेका छन् । सो विजेताहरू ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एण्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ छन् खरिद गरेकी ललितपुरको कुमारीपाटीकी लीला गमाल र भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए२४ खरिद गरेकी भक्तपुरकी जेनी भलान्द्यो रहेका छन्।

साे अवसरमा जेनी भन्छिन्, ‘म भाग्यशाली विजेता हुनेछु भनेर मैले सोचेकी पनि थिइनँ । नयाँ १२५ सीसी टीभीएस स्कुटर पाउँदा म एकदमै खुसी छु। वास्तवमा म यो दशैं बेला स्कूटर किन्ने योजनामै थिएँ र अब यस्तो लाग्छ कि भगवानले साँच्चै मेरो इच्छा सुन्नुभयो। म अझै पनि विश्वास गर्न सक्दिनँ कि मैले सामसङ ग्यालेक्सी ए२४ किनेर स्कूटर जितेको छु। यो अतुलनीय उपहारको लागि म सामसङ नेपालप्रति हार्दिक आभारी छु।’

त्यस्तै, अर्की विजेता लीला भन्छिन्, ‘म यो उपहारको लागि सामसङ नेपाललाई हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु र अरूलाई पनि स्कूटर जित्ने मौकाको लागि सामसङ स्मार्टफोन किन्न प्रोत्साहित गर्न चाहन्छु। आजसम्म कहिल्यै म यति भाग्यमानी भएको थिइनँ।’

कम्पनीका अनुसार अझै पनि १३ वटा स्कूटर जित्न बाँकी नै छ। कुनै पनि सामसङ स्मार्टफोन वा सामसङ ट्याब्लेट खरिद गरी ती स्कूटर जित्ने भाग्यशाली विजेता बन्न सकिनेछ । 

Skip This
Skip This
Logo