‘लगानी सुरक्षाका लागि नेताको पछि लाग्नुपर्ने अवस्था आउनु दुखद’ -रवि लामिछाने

‘लगानी सुरक्षाका लागि नेताको पछि लाग्नुपर्ने अवस्था आउनु दुखद’ -रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगानीको सुरक्षाको जिम्मा राज्यको भएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीचको अन्तरक्रियामा सभापति लामिछानेले आफ्नो लगानीको सुरक्षाका लागि कुनै नेताको पछि लाग्नुपर्ने अवस्था आउनु दुखद भएको बताएका हुन् । 

‘भोली तपाईंहरुले लगानी गर्दा तपाईलाई सुरक्षा दिने काम राज्यको नितीको हो कुनै नेताको हैन । कुनै नेताले तपाईंलाई संरक्षण दिनुपर्ने बाध्यता नबनोस् । देशले लिएको नीतिले तपाईंहरुलाई संरक्षण गरोस् ।’

सभापति लामिछानेले सहि नियत नीति र नेतृत्व बनाएर काम गर्नुपर्ने बताए ।एनआरएनको लगानी नेपालमा ल्याउनको निम्ती जे गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको उनको भनाई छ । उल्टो धारो बग्नु हुँदैन, विभिन्न राजनीतिक दलहरुमा धाउने प्रवृतिको अन्त्य गर्नुपर्ने उनको भनाई छ । 

Logo