लाओसविरुद्ध बराबरीमा फर्कियो नेपाल, अञ्जन बने सर्वाधिक गोलकर्ता

लाओसविरुद्ध बराबरीमा फर्कियो नेपाल, अञ्जन बने सर्वाधिक गोलकर्ता

केन्द्रबिन्दु
0
Shares

विश्वकप छनोटमा लाओसविरुद्धको खेलमा नेपालका स्ट्राइकर अञ्जन विष्टले बराबरी गोल गरेका छन् । यससँगै उनी नेपालका सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गर्न सफल भए ।

विष्ट सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक १३ गोल गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गर्न सफल भएका हुन् । लाओसविरुद्ध ४८औं मिनेटमा गोल गर्दै अन्जनले अन्तर्राष्ट्रिय गोल संख्या १३ पुर्याएका हुन् । 

यसअघि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक गोलको कीर्तिमान थियो । अन्जनको गोलसँगै विश्व कप छनोटमा १–१ को बराबरी भएको छ । लाओसले पहिलो हाफमा गोल गरेको थियो ।

Skip This
Skip This
Logo