कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाले दिए राजीनामा

कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिएका छन् ।

शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरेर थापाले संसदीय दलका नेताबाट राजीनामा दिएको घोषणा गरेका हुन् । दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै उनले राजीनामा दिएका हुन् । 

आज मात्रै कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् । ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोलाई कोशीको मुख्यमन्त्री बनाउने सहमति गरेको थियो। तर ‍मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसहरूले हस्ताक्षर गरेपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

Skip This
Skip This
Logo