नेपालको सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडी ‘हुन्डाई कोना’

नेपालको सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडी ‘हुन्डाई कोना’

केन्द्रबिन्दु
0
Shares

नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरूको बजारमा हुन्डाई कोनाले आफ्नो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ। नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयुभीमा सम्भवतः पहिलो गाडी हुन्डाई कोना हो।

सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्मएक हजार भन्दा बढी बिक्री भएका छन्।

२०१९ मा भारतबाट सुरु गरिएको 'इमिशन इम्पोसिबल' नामक मिशनअन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भूभागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी सात सय किलोमिटरको यात्रा १७ हजार फिटको उचाई र -१२ डिग्री को कठोर तापक्रम पार गर्दै सगरमाथाको आधार शिविरसम्म पुगेर  गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो।

यस अभियानमा कोना इलेक्ट्रिकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफिलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो। नेपालमा सन् २०१९ मा पहिलो चोटी लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा  उपलब्ध छ।  

आफ्नो  आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको छ। ५ वर्ष सम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको छ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीले विद्युतीय गाडीलाई लक्षितगर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। डिसेम्बर १२ देखि १६, २०२२ मा 'बी (भी) द चेञ्ज' अभियान अन्तर्गत र अक्टोबर ६ देखि ८ गते सञ्चालन गरिएको 'हुन्डाई  फेस्टिभ कार्निवल'मा हुन्डाईले हाई भाेल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गरेको थियो। जसमा २०० भन्दा बढी सवारीधनी को  इभीमा परीक्षण गरिएको नतिजा अनुसार ४ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति (एसओसी) ९५ प्रतिशत भन्दा बढी पाइएको थियो। 

सोही चेकअप क्याम्पमा सहभागी सिम्रिक एयरका पाइलट विमल श्रेष्ठले आफूले कोना रोज्नुको मुख्य कारण यसको विद्युतीय क्षमता, हुन्डाई ब्रान्ड प्रतिको विश्वास, ब्याट्रीको क्षमता र आकर्षक बनावट रहेको बताए। 

आफ्नो गाडीको ब्याट्रीको क्षमतामा सोचेभन्दा कम ह्रास आएकोमा खुसी जनाउँदै आफू कोनासँग सन्तुष्ट रहेको बताए।आफ्नो विभिन्न यात्राखण्डमा कोना निकै भरपर्दो साबित रहेको समेत उनले बताए। विश्वव्यापीरूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो। 

हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रति को सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीयगाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि-सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ विश्वसनीयताप्रतिको प्रतिबध्दता हुण्डाईको आधारशीला हो र कोना इलेक्ट्रिक एउटा उदहारण हो जसले यो कुरालाई परिभाषित गर्छ। 

यी नै कारणहरुले हुन्डाई कोनाले नेपाली अटोबजारमा आफ्नो साखलाई अझै मजबुत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरुको पहिलो रोजाइ बन्न सफल रहेको छ।

Logo