काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये एमसीसी सम्झौता कार्यान्वयन गर्ने समय नजिकिएसँगै सरकार अप्ठ्यारोमा परेको छ । सम्झौता अनुमोदन गर्ने मिति यही असार १६ गतेसम्म भएपनि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक १७ गतेका लागि तय गरेपछि सरकार अप्ठ्यारोमा परेको हो ।
त्यस्तै कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका धनुषाको हंसपुर नगरपालिका–७ पर्साहीका १६ वर्षिय राजु सदाको झाडापखालाले मृत्यु भएपछि सरकारको चौतर्फी विरोध भएको छ । भारतको चेन्नईस्थित होटेलमा काम गर्दै आएका राजु कोरोना भाइरसको असरका कारण ८ दिन लगाएर स्वदेश फर्किएका थिए ।
नेमकिपाका सांसद प्रेम सुवालले एमसीसी इण्डोप्यासीफिक रणनीतिको अंग भएको बताएका छन् । सांसद सुवालले बिहिबार केन्द्रबिन्दुसँग विशेष अन्तवार्ता दिँदै एमसीसी इण्डोप्यासीफिक रणनीतिको अंग भएको बताएका हुन् । सांसद सुवालका अनुसार अमेरिकी रक्षा विभागको भिजनमा सैन्य अंग भएको स्पष्टसँग उल्लेख गरिएको छ ।
त्यस्तैगरी कोरोनाका कारण व्यवसाय ठप्प भएपछि ऋण तिर्न नसकेका व्यवसायीको खाताको पैसा काटिन थालेको छ । ऋणको साँवा र ब्याज तिर्ने समय कटिसक्दा पनि व्यवसायीहरुले तिर्न नसकेपछि उनीहरुको खातामा रहेको पैसा समेत बैंकले काट्ने गरेको व्यवसायीको गुनासो आएको हो ।
सरकारले कोरोनामा भाइरसको असरका कारण देस्रो मुलुकमा अलपत्र परेका नेपालीहरूको उद्दार कार्यलई तीव्रता दिएको छ । जुन ५ तारिखबाट उद्दार कार्य सुरु गरेको सरकारले अहिलेसम्म मलेसियाबाट ५ सय २८ जना, युएईबाट १ हजार ५ सय ५७, कुवेतबाट १ हजार २ सय २८ जना नेपाली स्वदेश ल्याइसकेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया