रविकाे टिप्पणी- भ्रष्टाचारको फाइल पल्टाउँदा पहिलाे पन्नामै सरकारको सातो गयाे

रविकाे टिप्पणी- भ्रष्टाचारको फाइल पल्टाउँदा पहिलाे पन्नामै सरकारको सातो गयाे

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउन नपाउँदै सरकारको सातो गएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौं २ मा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउन नपाउँदै सरकारले आफ्ना मान्छेको अनुहार देखेपछि पहिलो पेजबाट दोस्रोमा नगई फाइल बन्द गरेको आरोप लगाएका हुन् । 

उनले भने, ‘सरकारले भ्रष्टाचारको फाइल सुरुवात गर्दा हामीले दिल खोलेर स्वागत गरेका थियौं । संसदको रोस्टममा मैले नै उभिएर भनेको थिएँ । स्याबास, राम्रोसँग गर्नु जरोसम्म पुग्नु भनेको थिएँ । जरोसम्म त के भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउन पाएको छैन सरकारको सातो गयो । त्यहाँ त आफ्नै मान्छेको अनुहार झल्झल्ती आयो । आफ्नो मान्छेको अनुहार आउनसाथ भटाभट गरेर फाइल खोल्यौ नि भनेको मान्छे पहिलो पेजबाट दोस्रोमा नभइ बन्द गरेर जस्ताको तस्तै बनेको छ ।’

उनले २०८४ सालपछि रास्वपाले भ्रष्टाचारका फाइलको धुलो टक्टकाएर फाइलको पहिलो पन्नादेखि अन्तिमसम्म हेरेर सधैंका लागि बन्द गर्ने दाबी गरे । 

सभापति लामिछानेले भने, ‘केही चिन्ता गर्नु पर्दैन, २०८४ सम्म जति धुलो लाग्छ लागोस् । त्यो धुलो टक्टकाएर फाइलको पहिलो पन्नादेखि अन्तिमसम्म हेरेर सधैँका लागि बन्द गर्ने काम हामी गर्ने छौं । हाम्रो परिवारको मानिस किन नआओस् । सांसद होस् मन्त्री होस् या प्रधानमन्त्री होस् आफ्नो अर्काको नभनिकन हामी कारबाही गर्न तयार छौं ।’

Skip This
Skip This
Logo