राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण तय, कार्तिक १४ मा संघीय संसद्‍मा सम्बोधन गर्ने

राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण तय, कार्तिक १४ मा संघीय संसद्‍मा सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा आउने भएका छन् । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि स्थगित गरिएको उनको भ्रमण अब फेरि हुने भएको हो ।  

संघीय संसद् सचिवालयका अनुसार महासचिव गुटेरेसले नेपालको संघीय संसद्को संयुक्त बैठकलाई कार्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।

महासचिव गुटेरेसले लुम्बिनी, सगरमाथा र अन्नपूर्ण आधार शिविरको भ्रमण पनि गर्ने भएका छन् । उनको मुख्य एजेण्डा जलवायु परिवर्तन भएकाले सगरमाथा र अन्नपूर्ण आधार शिविर जान लागेका हुन् । जलवायु परिवर्तनका कारण सगरमाथाको हिउँ अधिक मात्रामा पग्लिरहेको विज्ञहरूले बताइरहेका छन् । साथै, आरोहीहरूले पनि जलवायु परिवर्तनको प्रभाव वर्षेनि देखिएको बताउने गरेका छन् । 

Skip This
Skip This
Logo