बर्दिवास साना सहरी सरसफाइ तथा खानेपानी संस्थानले उपभोक्ताहरुलाई एक महिनाको लागी पानी उपहार दिने भएको छ।
चाडपर्वको अवसर पारेर महिनाभरी नि:शुल्क पानी उपलब्ध गराउने घोषणा गरेको हो। उपभोक्तासँग उठाएको १ महिनाको पैसा उपभोक्तालाई पानी नि:शुल्क प्रदान गरेर फिर्ता गरिएको खानेपानी संस्थानका अध्यक्ष भुलन सेनले जानकारी दिए।
कात्तिक ५ गते देखि मंसिर ५ गतेसम्म लागु हुने गरि त्यस्को व्यवस्थापन मिलाईएको छ। दसैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरि नि:शुल्क पानी दिने योजनाअनुसार यो घोषणा गरिएको कोषाध्यक्ष शंकर फुयाँलले बताए।
नि:शुल्क पानी पाईयो भन्दैमा त्यस्को दुरुपयोग नगर्न भने खानेपानी संस्थानले सचेत गराएको छ तर निर्धारित समयावधि भित्र निर्धक्क भएर पानीको उपभोग गर्न सकिने उपभोक्ता समितिले जनाएको छ।































प्रतिक्रिया