कोरोना अपडेटः विश्वभर ४ लाख ८५ हजारको मृत्यु

कोरोना अपडेटः विश्वभर ४ लाख ८५ हजारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जेनेभा । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ४३ हजार पुगिसकेको छ जसमध्ये करिब ५२ लाख मानिस निको भएर डिस्चार्ज भएका छन् । करिब ५८ हजार मानिस अहिले पनि कोरोना भाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् ।

कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरीजस्ता सामान्य नियम समेत तोड्न थालेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी समेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारतजस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिनेक्रम रोकिएको छैन ।

त्यस्तै नेपालमा कूल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । देशभर पूर्ण रुपमा निको भएर फर्किनेको संख्या २३ सय ३८ रहेको छ । देशभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

Skip This
Skip This
Logo